नेकपा प्रचण्ड–माधव नेपाल समूहका युवाले मुगु सदरमुकाम गमगढीमा प्रधानमन्त्री केपी ओलीको पुत्लादहन गरेका छन् । बिहीबार साँझ ओलीविरुद्ध नाराबाजी गर्दै उनीहरूले गमगढीको कृष्ण चोकमा पुत्लादहन गरेका हुन् ।
गत ५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको, तानाशाही प्रवृत्ति देखाएको, एकतन्त्रीय प्रणाली लाद्न खोजेको भन्दै युवाहरूले नाराबाजी गरेका थिए ।