प्रहरीले चोरी गरिएको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने धादङ नीलकण्ठ नगरपालिका– ९ मुरलीभञ्ज्याङका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका– १ देवीस्थानका २१ वर्षीय राजन तामाङ रहेको प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरूलाई सोह्रखुट्टेस्थित सडकखण्डबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले बा.९२प ७६३० नम्बर कालो रातो रङको २२० सिसीको पल्सर मोटरसाइकल बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरू उक्त मोटरसाइकलमा सवार थिए ।