दिल तामाङको ‘नाच्देऊ बसन्ती’ सार्वजनिक

सोमबार, २० पुष, २०७७
डिजिटल संस्करण

गायक दिल तामाङको नयाँ म्युजिक भिडियो ‘नाच्देऊ बसन्ती’ सार्वजनिक  भएको छ । गत बिहीबार उनले सो भिडियो सार्वजनिक गरेका हुन् ।

डिबी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको उक्त भिडियोमा एलिसा शर्मा र भीमफेदी गाइजको अभिनय रहेको छ । 

निर्मल लामाले निर्देशन गरेको उक्त भिडियो एस स्टडीले बजारमा ल्याएको हो । सो गीतको कभर भिडियो बनाउनेलाई एक लाख रुपैयाँको पुरस्कार घोषणा गरिएको छ । 

सुझावित समाचार