कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही : मन्त्री भट्ट

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य महासंघको ४१औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन समारोहमा भट्टले विभिन्न वस्तुहरूमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकोले व्यवसायी नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताएका हुन् । 

अहिले दाल, फलाम, सिमेन्टलगायत वस्तुमा अत्यधिक महँगी बढेको गुनासो आएकोले मूल्यवृद्धि नियन्त्रण आफैँ गर्न उद्योग व्यवसायीका संगठनहरूलाई उनले आग्रह गरे । आफैँ मूल्यवृद्धि नियन्त्रणमा नआए सरकार बाध्य भएर अनुगमन गर्ने र गल्ती गर्नेलाई नछाड्ने उनको चेतावनी थियो । 

निजी क्षेत्रलाई स्वतन्त्र रूपमा छाडिएको अवस्थामा व्यवसायीले मूल्यवृद्धि गरेर बजारलाई महँगो बनाएको भट्टको भनाइ छ । 

उद्योगी–व्यवसायीलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको, तर केही उद्योगी–व्यवसायीले अस्वाभाविक मूल्यवृद्धि गराई बजारलाई प्रभावित पारेको उनको भनाइ छ । 

सुझावित समाचार