सानिमा बैंकद्वारा ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सुरु

शुक्रबार, १७ पुष, २०७७
डिजिटल संस्करण

सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गरेको छ । यस च्यानलबाट डिजिटल बैंकिङ सेवा दिने सानिमा पहिलो बैंक हो ।  बैंकले ग्राहकहरूमा समान रूपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो इ–बैंकिङ) अपग्रेड गरेर सेवा दिइरहेको जनाएको छ ।

बैंकको सम्पूर्ण डिजिटल बंैकिङ सेवाहरू मोबाइल बैंकिङ एप वा वेब ब्राउजरमा चल्ने हँुदा मोबाइल फोन, ट्याब्लेट र ल्यापटप वा डेस्कटपबाट पनि चलाउन सकिने जनाइएको छ । 

नयाँ भर्सनका साथमा सानिमा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले इ–क्यास पठाउने र अन्य व्यक्तिहरूले पाउन सक्ने, इ–भौचरबाट जम्मा गर्ने, बैंकसँग मिटिङ तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवाहरूसम्बन्धी सोधपुछ आदि सेवाहरूको लाभ उठाउन सक्ने जनाइएको छ ।

त्यस्तै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्नेजस्ता हालका सेवाहरू पनि प्रयोगकर्ताले प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । 

सुझावित समाचार