कोरोना मिटर : पछिल्लो २४ घन्टामा ५३४ मा कोरोना संक्रमण, नौको निधन

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर पाँच सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ६ हजार पिसिआर परीक्षण भएको छ । 

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ६० हजार पाँच सय ९३ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार तीन सय ७८ रहेको छ । 

त्यस्तै गएको २४ घन्टामा चार सय ४७ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई  लाख ५२ हजार तीन सय ५९ पुगेको छ । 

यो अवधिमा कोरोना संक्रमणबाट थप नौजनाको निधन भएको छ । नेपालमा  हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ सय ५६ पुगेको छ । 

सुझावित समाचार