पोर्चुगलमा काेराेना संक्रमणबाट एक नेपालीकाे निधन

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

कोभिडका कारण पोर्चुगलमा २७ वर्षीय एक नेपाली युवककाे उपचारका क्रममा निधन भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी दुई वर्षदेखि पोर्चुगलमा थिए । 

तनहुँ घर भएका ती युवक विगत एक महिनादेखि निमोनिया र कोभिड संक्रमणका कारण अस्पतालकाे आइसोलेसनमा बसेर उपचार गराइरहेका थिए । 

कोभिडका कारण ज्यान गुमाउने उनी छैटाैँ व्यक्ति भएको त्यहाँकाे स्वास्थ्य महानिर्देशनालयले जनाएको  छ । पोर्चुगलमा कोभिडका कारण यसअघि एक नेपाली  महिलाको उपचारको क्रममा निधन भएको थियो । यससँगै कोभिडबाट निधन हुने नेपालीको संख्या दुई पुगेको छ । 

सुझावित समाचार