नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

काठमाडौंको नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी गर्ने सेवाको सुरुवात भएको छ ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा सुरु भएको सेवाको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफूल तथा तरकारी खरिद गरी क्युआर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी गरेको बैंकले जनाएको छ ।

तरकारी बजारमा अपवादबाहेक सम्पूर्ण पसलमा क्याुआर कोडाबाट भुक्तानी गर्न सकिने जनाइएको छ ।

सुझावित समाचार