कोरोना मिटर : ८९२ जना संक्रमणमुक्त हुँदा ६०८ संक्रमित थपिए, नाैकाे निधन

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या दुई लाख ५७ हजार दुई सय  पुगेको छ ।

यो अवधिमा आठ सय ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई  लाख ४८ हजार दुई सय ९२ पुगेको छ । 

अहिले देशभर सक्रिय संक्रमितको संख्या हालसम्म सात हजार ९२ रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप नौजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय १६ पुगेको छ ।

सुझावित समाचार