कोरोना मिटर : पछिल्लो २४ घन्टामा ६१३ संक्रमित थपिए, पाँचको निधन

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा  कोरोना संक्रमण हुनेको संख्या दुई लाख ५६ हजार पाँच सय ९२ पुगेको छ ।  

यो अवधिमा सात सय ३९ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ४७ हजार चार सय पुगेको छ ।  

मन्त्रालयका अनुसार हाल नेपालमा सात हजार तीन सय ८४ जना सक्रिय संक्रमित छन् । 

यस्तै गएको २४ घन्टामा कोरोना संक्रमणबाट थप पाँजनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय आठ पुगेको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार