पछिल्लो २४ घन्टामा कोरोना संक्रमितभन्दा निको हुने धेरै, पाँचको मृत्यु

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै रहेको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा सात सय ४३ जनामा कोरोना संक्रमण हुँदा नाै सय ५२ जना कोरोनामुक्त भएका छन् । 

हालसम्म देशभर दुई लाख ५५ हजार नाै सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख ४६ हजार ६ सय ६१ पुगेको छ । 


पछिल्लो २४ घन्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार आठ सय तीन पुगेको छ ।

सुझावित समाचार