नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्यहरूको हस्ताक्षर बोकेर निर्वाचन आयोग पुगेको छ ।
नेकपाको आधिकारिक धार आफूहरू नै रहेको दाबीसहित यो समूह आयोग पुगेको हो ।
नेताहरू सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेको एक नेताले जानकारी दिए ।
जसमा साबिकको चार सय ४१ केन्द्रीय सदस्यहरूमध्ये प्रदीप नेपालसहित तीन सय १६ जनाको हस्ताक्षर रहेको दाबी गरिएको छ ।
नेकपाको ओली पक्ष र प्रचण्ड–नेपाल दुवै पक्षले मूल धार आफूहरू रहेको दाबी गरेपछि अब यसको निर्क्यौल आयोगले गर्ने परिस्थिति सिर्जित भएको छ ।