कोरोना मिटर : ७२२ संक्रमित थपिए, ९६६ भए निको

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर सात सय २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

यस अवधिमा नाै सय ६६ जनाले कोरोनामाथि विजय पाएका छन् । 

यही अवधिमा थप तीनजना कोरोना संक्रमितको निधन भएको छ । योसँगै अहिलेसम्म देशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १७ सय ९८ पुगेको छ । 

अहिलेसम्म देशभर दुई लाख ५५ हजार दुई सय ३६ जनामा कोरोना संक्रमण भएकोमा दुई लाख ४५ हजार सात सय नाैजनामा निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार