पछिल्लो २४ घन्टामा नेपालमा सात सय ४२ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार तीन सय ५१ जनाको परीक्षण गर्दा सात सय ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो अवधिमा एक हजार ७९ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ४४ हजार सात सय ४३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा सात हजार नौ सय ७६ जना सक्रिय कोरोना संक्रमित छन् । नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या दुई लाख ५४ हजार पाँच सय १४ पुगेको छ ।
यस्तै गएको २४ घन्टामा कोरोना संक्रमणबाट थप सातजनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट निधन हुोको संख्या १७ सय ९५ पुगेको छ ।