कोरोना संक्रमित कांग्रेस नेता कृष्ण सिटौला अस्पताल भर्ना

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि सिटौला दश दिनदेखि घरमै आइसोलेसनमा बसेका थिए । 

उनलाई सुरुदेखि नै लक्षणसमेत देखिएको थियो । तर, चिकित्सकको सल्लाहबमोजिम घरमै बसेर उपचार गराइरहेका सिटौला आइतबार अस्पताल भर्ना भएका हुन् । उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ । 

सिटौलालाई खोकी बढेको छ । समग्र अवस्था ठीकै भए पनि थप निगरानीका लागि अस्पताल भर्ना गरिएको चिकित्सकले बताएका छन् ।

सुझावित समाचार