संसद् विघटन अधिनायकवादतर्फको यात्रा : नेता घिमिरे

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्री केपी ओलीको संसद् विघटन असंवैधानिक, स्वेच्छाचारी र अधिनायकवादतर्फको यात्रा भएको बताएका छन् । 

उनले ट्विट गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको सिफारिस असंवैधानिक, स्वेच्छाचारी र अधिनायकवादतर्फको यात्रा हो । नेपालको संविधानले संसद् विघटनलाई प्रधानमन्त्रीको विशेषाधिकारको रूपमा नराखी प्रतिनिधिसभाबाट प्रधानमन्त्रीको चयन हुन नसकेको अवस्थाको बाध्यकारी विकल्पको रूपमा मात्र राखेको छ ।’

सुझावित समाचार