ओलीको कदमपछि खुमलटारमा पाँच नेता छलफलमा

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद् विघटन गर्ने निर्णय गराएपछि नेकपाको राजनीति फेरि नयाँ चरणमा प्रवेश गरेको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता प्रधानमन्त्रीको कदमको मूल्यांकन र थप रणनीति निर्माणमा जुटेका छन् । उनीहरू अहिले प्रचण्डनिवास खुमलटारमा छलफलमा जुटेका छन् ।

परिस्थिति जटिल बनेकाले छलफलका लागि आफूहरू जुटेको वरिष्ठ नेता झलनाथ खनालले बताए ।

छलफलमा प्रचण्ड, खनाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको पूर्वसन्ध्यामा नयाँ परिघटना विकसित भएका छन् ।

सुझावित समाचार