मन्त्रिपरिषद् बैठकबाट संसद् विघटनको सिफारिस गर्ने निर्णयपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
मन्त्रिपरिषद्ले गरेको विघटनको सिफारिससहित प्रधानमन्त्री ओली राष्ट्रपतिनिवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । शनिबार साँझ पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।