नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संसद् विघटनको सिफारिस लोक्तन्त्र, संविधान, पार्टीविरोधी कदम भएको बताएका छन् ।
उनले नेकपासहित सबै लोकतन्त्र पक्षधर शक्तिले विरोध, प्रतिवाद गर्नुपर्ने बताएका छन् । खनालले भनेका छन्, ‘यो लोक्तन्त्र, संविधान, पार्टीविरोधी कदम हो । नेकपासहित हामी सबै लोकतन्त्र पक्षधर शक्तिले विरोध, प्रतिवाद गर्नुपर्छ, सामना गर्नुपर्छ, हामी अब के गर्ने छलफल गर्छौँ ।’