एमभी अगस्टाको ४ नयाँ मोडल नेपालमा

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रालिले एमभी अगस्टाको ४ नयाँ मोडल नेपाली बजारमा बिक्री सुरु गरेको छ । सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एमभी अगस्टा इटालियन मोटरसाइकल ब्रान्ड हो । 

बजारमा आएका ब्रुटेल ८०० आरआर, ड्र्यागस्टर ८०० आरआर पिरेली (लिमिटेड एडिसन), टुरिज्मो भिलभ ८०० र ड्र्यागस्टर ८०० आरआर अमेरिका (लिमिटेड एडिसन) रहेको कम्पनीले जनाएको छ ।  ८०० सिसी इन्जिन क्षमता रहेका यी मोटरसाइकलहरूमा १४० विएचपीको पावर र ८७ एनएम टर्क रहेको जनाइएको छ ।

ब्रुटल ८०० आरआरको मूल्य ४८ लाख ९० हजार रुपैयाँ, ड्र्यागस्टर ८०० आरआर पिरेली (लिमिटेड एडिसन)को मूल्य ५९ लाख ९० हजार रुपैयाँँ तोकिएको छ । त्यस्तै, टुरिज्मो भिलभ ८०० र ड्र्यागस्टर ८०० आरआर अमेरिका (लिमिटेड एडिसन)को मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

एमभी अगस्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाइन रहेको छ र यसमा एड्भान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनियरिङ टेक्नोलोजी प्रयोग गरिएको छ । एमभी अगस्टाका हरेक मोटरसाइकलहरू अटोमेसन नभई दक्ष व्यक्तिहरूको हातबाट जडान गरिएको कम्पनीले जनाएको छ ।

सुझावित समाचार