देशभर ११७५ संक्रमित निको हुँदा ७१० थपिए, १२ को निधन

शनिबार, ४ पुष, २०७७
डिजिटल संस्करण

नेपाल पछिल्लो २४ घन्टामा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म दुई लाख ५३ हजार एक  सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । 

देशभरी सक्रिय संक्रमितको संख्या आठ हजार आठ सय ४० छ भने क्वारेन्टिनमा रहनेको संख्या चार सय २१ रहेको छ । 

२४ घन्टामा मा ११ सय ७५ कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ४२ हजार पाँच सय ६७ पुगेको छ।

त्यस्तै २४ घन्टामा १२ जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १७ सय ७७ पुगेको छ । 

हालसम्म १८ लाख ६६ हजार दुई सय १० जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार