कोरोना मिटर : १०२९ निको हुँदा ७८२ संक्रमित थपिए, १६ काे निधन

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा सात सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म दुई लाख ५२ हजार चार सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । 

देशभरि सक्रिय संक्रमितको संख्या नौ हजार तीन सय १७ र क्वारेन्टिनमा रहनेको संख्या चार सय २७ छ ।

यस्तै, पछिल्लो २४ घन्टामा एक हजार २९  जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मुक्त भई दुई लाख ४१ हजार तीन सय ९२ जना डिस्चार्ज भएका छन् । 

यस्तै पछिल्लो २४ घन्टामा १६ जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार सात सय ६५ पुगेको छ ।

सुझावित समाचार