नेपालमा पछिल्लो २४ घन्टामा सात सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार पाँच सय ८८ पिसिआर परीक्षण गर्दा सात सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो ।
योसँगै नेपालमा हालसम्म दुई लाख ५१ हजार ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या १८ लाख ५५ हजार सात सय २४ पुगेकाे छ ।
देशभरि सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय ८० छ । क्वारेन्टिनमा रहनेको संख्या चार सय ४४ रहेको छ ।
यस्तै, पछिल्लो २४ घन्टामा नौ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मुक्त भई दुई लाख ४० हजार तीन सय ६३ जना डिस्चार्ज भएका छन् ।
यस्तै २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक हजार सात ४९ पुगेको छ ।