स्मार्टफोन जगतकै सर्वाधिक सफल ब्रान्डको रूपमा लिइने वानप्लस नेपाली बजारमा रिलन्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरू वानप्लस नोर्ड फाइभ जी र वानप्लस नोर्ड एनटेन फाइभ जीसमेत नेपाली बजारमा आउने भएको हो ।
वानप्लसका लागि आधिकारिक विक्रेताको रूपमा तोकिएको क्रेटोस टेक्नोलोजिज् प्रा.लि. मार्फत मंसिर २९ गतेबाट नेपाली बजारमा उल्लेख गरिएका तीन मोडल उपलब्ध भएका छन् ।
गत वर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याएसँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रूपमा बढेको थियो । यस वर्ष फाईभ जी प्रविधि र थप उत्कृष्ट डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फास्ट एन्ड स्मुथ अनुभूति दिलाउन थप सफल रहने विश्वास लिएको छ ।
अनलाइन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिज्का देशभर छरिएर रहेका रिटेल स्टोरमार्फत वानप्लसको प्रि–बुकिङ गर्न सकिनेछ ।
यसरी प्रि–बुकिङ गर्ने ग्राहकमध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रोका ग्राहकहरूले एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्युनिटी डिस्काउन्ट कार्डसमेत प्राप्त गर्न सक्नेछन् ।