सनराइज बैंकले सिद्धार्थ गुप्र अफ हस्पिटालिटीसँग छुटसम्बन्धी सम्झौता गरेको छ । कम्पनीले बैंकका ग्राहकलाई छुट प्रदान गराउने सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थ गुप्रका होटेलहरूमा खान, बस्न तथा वेबरेजजस्ता सुविधाको भुक्तानी गर्दा सन्राइज बैंकको क्रेडिट तथा डेबिट कार्ड देखाएर वा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्ने जनाइएको छ ।
सिद्धार्थ गुप्रअन्तर्गत रहेका काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर महेन्द्रनगर, कैलाली, बुटबल, सुर्खेत, बिर्तामोडलगायतका अन्य जिल्लाहरूमा अवस्थित होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरूमा पनि ग्राहकले छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ ।
बैंकले ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ’ अभियानअनुरूप आफ्ना ग्राहकलाई नवीनतम सेवा प्रदान गर्दै आएको र सुविधाहरू थप गर्दै जाने जनाएको छ ।