संसद्को विशेष अधिवेशन माग गर्दै भुसाल र रावल शीतलनिवासमा

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

व्यवस्थापिका संसद्को विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद पम्फा भुसाल र भीम रावल राष्ट्रपतिनिवास शीतलनिवास पुगेका छन् । 

नेपालको संविधानअनुसार, एकचौथाइ सांसदले विशेष अधिवेशनको माग गरेको खण्डमा राष्ट्रपतिले अधिवेशन बोलाउनुपर्ने माग रहेको छ । सोहीबमोजिक २५ प्रतिशत सांसदहरूको हस्ताक्षरसहित रावल र भुसाल शीतलनिवास पुगेका हुन् । 

मंगलबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा सचिवालयका पाँचजना सदस्यले त्यसको चर्को विरोध गरेका थिए । 

बैठकअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि विवाद चर्किएकै वेला नेकपाका अध्यक्षद्वयबीच छलफल भएको छ । तर, उक्त छलफलमा खासै निष्कर्ष भने निस्किन नसकेको प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्र । ‘अघिको छलफलमा कुनै निष्कर्ष निस्केन,’ उनले भनिन, ‘स्थायी कमिटीले आवश्यक निर्णय गर्छ होला ।’

यसअघि आजै बिहान प्रधानमन्त्रीको सन्देश बोकेर नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल खुमलटार पुगेका थिए । 

सुझावित समाचार