कोरोना मिटर : १९९६ निको भए, ९३६ मा संक्रमण

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा १९ सय ९६ जना कोरोना संक्रमितले कोरोनामाथि विजय पाएका छन् । 

यही समयमा नाै सय ३६ जनामा भने कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म देशमा दुई लाख ५० हजार एक सय ८० जनामा कोरोना संक्रमण भएको छ । 

यसमध्ये दुई लाख ३८ हजार पाँच सय ६९ जनामा कोरोना निको भएको छ । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको निधन भएको छ । योसँगै देशमा कोरोनाबाट निधन हुनेको संख्या १७ सय ३० पुगेको छ ।

सुझावित समाचार