पछिल्लो २४ घन्टामा नेपालमा थप आठ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पाँच हजार चार सय २३ पिसिआर परीक्षण गर्दा आठ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४९ हजार दुई सय ४४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर आठ सय ४२ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख ३६ हजार पाँच सय ७३ जना पुगेको छ ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार नौ सय ५५ पुगेको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय १६ पुगेको छ ।