पछिल्लो २४ घन्टामा १५ सय निको हुँदा आठ सय ३० संक्रमित थपिए

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप आठ सय ३० जनामा कोरोना पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो अवधिमा देशभरमा आठ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको छ। 

आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार नौ सय ९४ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार पाँच सय संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ३५ हजार सात सय ३१ पुगेको छ।

सुझावित समाचार