पूर्वी नवलपरासीको अरुणखोलामा रहेको आइएमइमा गएराति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका १० अरुणखोलामा रहेको विन्देश्वरी इन्टरप्राइजेज नामको आइएमईमा चोरी भएको हो ।
प्रहरीका अनुसार उक्त आइएमईबाट ११ लाख नगद, २ वटा ल्यापटप र दुईवटा कम्प्युटरको सिपियू चोरी भएको छ, तथापि चोरी भएका सामग्रीको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
विन्दु श्रेष्ठ र ईश्वर श्रेष्ठको नाममा रहेको उक्त आइएमई चोरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
बिहान आइएमईको सटर खुला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आइएमईको सटर फोडेर चोरी गरेको प्रहरीले जनाएको छ ।