मनाई एयर प्रालिले कोभिड–१९ संक्रमित बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गर्न अनुमति प्राप्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ का बिरामीलाई हेलिकोप्टरबाट ओसारपसार गर्न आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रक्रिया पूरा गरेकाले मनाई एयरलाई एयर लिफ्टिङ गर्ने अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फ्रान्समा निर्मित आधुनिक हेलिकोप्टरबाट कोरोनाका बिरामीलाई मेडिकल टिमसहितको उद्धार उडान सहुलियत रूपमा गरिनेछ ।