कोरोना मिटर : देशभर १२७१ संक्रमित निको हुँदा १०४४ थपिए

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर एक हजार ४४ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १२ सय ७१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार एक सय ४८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिले कोरोना संक्रमितको संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ । यसमध्ये दुई लाख ३२ हजार आठ सय ७२ संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार