साहस ऊर्जाले १ अर्ब ५ करोडको सेयर निष्कासन गर्ने

शुक्रबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

साहस ऊर्जा लिमिटेडले १ अर्ब ५ करोड रुपैयाँबराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माणका क्रममा रहेको सोलु खोला (दूधकोसी) ८६ मेगावाटको जलविद्युत् आयोजनाको सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीको जारी पुँजी ३ अर्ब ५० करोड रुपैयाँमध्ये संस्थापकबाट २ अर्ब ४५ करोड रुपैयाँ चुक्ता भइसकेको जनाएको छ । सेयर निष्कासनका लागि इक्रा नेपालबाट ‘बिबी प्लस’ इस्युअर रेटिङ पाएको कम्पनीले जनाएको छ ।

सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको जनाइएको छ । कम्पनीले सेयर निष्कासनका लागि एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा र धितोपत्र प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषसँग सम्झौता सम्पन्न गरेको जनाएको छ ।  

आयोजनाको टनेलको ७२ प्रतिशत काम सकिएको तथा निर्माण कार्य ५७ प्रतिशत सकिएको जनाइएको छ । आयोजनाको कुल लागत ११ अर्ब ८६ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा १० वटा बैंक तथा वित्तीय संस्थाले ८ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।

सुझावित समाचार