बर्जर पेन्ट्स नेपालको होम सिल्ड वाटरप्रुफिङ उत्पादन बजारमा

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

बर्जर पेन्ट्स नेपालले सबै प्रकारका वाटरप्रुफिङसम्बद्ध समस्यालाई निराकरण गर्ने उद्देश्यले होम सिल्ड डिभिजनअन्तर्गत वाटरप्रुफिङ उत्पादनहरू बजारमा ल्याएको छ । कम्पनीले बजारमा पियुकोट, ड्याम्प सिल्ड इलास्टो, एड्भान्स्ड लेटेक्स प्लस, सिमेन्ट मिक्स प्लस र टायल क्लिनर उत्पादनहरू ल्याएको हो । 

केही महिनाभित्रमै होम सिल्ड ब्रान्डअन्तर्गत केही नयाँ उत्पादनहरू उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ । यी उत्पादन नयाँ निर्माण तथा पुराना घर मर्मत कार्यमा समेत प्रयोग गर्न मिल्ने कम्पनीको दाबी छ । पियुकोट पोलियुरेथेनमा आधारित एक वातावरण–मैत्री घोलको वाटरप्रुफिङ सम्मिश्रण हो । 

सिमेन्ट लगाइएका सतहहरूमा अधिक तन्काइ र युभी प्रतिरक्षक झिल्ली निर्माण गरी यसले पानीलाई भित्र पस्नबाट रोक्ने कम्पनीको दाबी छ । यसले ओस लाग्न नदिने र संरचनालाई प्रतिकूल मौसमी अवस्थाहरूबाट संरक्षण गरेर थप हानि हुनबाट रोक्ने कम्पनीले जनाएको छ । यो उत्पादनमा १० वर्षे कार्यक्षमताका आधारमा वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।

त्यस्तै, ड्याम्प सिल्ड इलास्टो एक पोलियुरेथेन परिमार्जित इलास्टोमेरिक घोल पदार्थ प्रयोग गरिएको वाटरप्रुफिङ झिल्ली हो । यो ६ वर्षे कार्यक्षमताको वारेन्टीसहित सिन्थेटिक फाइबरसँग मिसाइएको कम्पनीले जनाएको छ । यी ब्रान्डमा जल विकर्षक गुणहरू, मजबुत टँसाइ र ३ सय ५० प्रतिशतसम्मको अधिकतम तन्काइ र २ मिमिसम्मको चर्केको सतहलाई छोप्ने विशेषता रहेको कम्पनीको दाबी छ । 

कम्पनीका प्रमुख सञ्चालन अधिकृत सत्य प्रकाशले छत र भित्ताहरूको सुरक्षा नगरी त्यत्तिकै छाडिदिँदा त्यसबाट चर्किने, पानी रसाउने र ओस लाग्नेजस्ता समस्याहरू आउने विषयमा उपभोक्ताहरू सचेत नभएकाले भविष्यमा वाटरप्रुफिङ ठूलो समस्या बन्न जाने बताए । यस प्रकारका समस्याको निराकरण गर्न बर्जर होम सिल्डका उत्पादनहरू उपयोगी हुने उनको दाबी छ । 

सुझावित समाचार