तर्बुजा नष्ट गर्नुको कारण बुझ्न किसान आयोगको टोली चितवनमा

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

राष्ट्रिय किसान आयोगको टोलीले चितवनका किसानसँग तर्बुजा नष्ट गर्नुको कारण बुझेको छ । राष्ट्रिय किसान आयोगका विज्ञ तथा सदस्य उदयचन्द्र ठाकुरको नेतृत्वमा आएको टोलीले भरतपुर महानगरपालिका– २५ अमृतनगर कृषिचोकस्थित नोबेल एग्रिकल्चर फर्मका सञ्चालक कृष्णप्रसाद न्यौपानेको बारीमा नै पुगेर तर्बुजा ट्याक्टर लगाएर नष्ट गर्नुको कारणबारे जानकारी लिएको हो । 

न्यौपानेले १५ लाखभन्दा बढी खर्च गरेर ६ बिघा जमिनमा लगाएको तर्बुजाले बजार नपाएपछि नष्ट गरेको समाचार नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।उनले प्रतिकेजी २० रुपैयाँ लागत पर्ने उत्पादन १० रुपैयाँमा लैजाऊ भन्दा पनि व्यापारीले नलगेपछि तर्बुजाबारीमा ट्याक्टर लगाएका थिए ।

सुझावित समाचार