नेपालमा पछिल्लो २४ घन्टा थप १२ जना कोरोना संक्रमितको निधन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १६ सय ६३ पुगेको छ।
यो अवधिमा देशभर १२ सय १७ जना कोरोना संक्रमित थपिएका छन् भने १०६४ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार तीन सय ८६ छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । यसमध्ये दुई लाख ३१ हजार ६ सय एक संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।