पछिल्लो २४ घन्टामा १२१७ संक्रमित थपिँदा १०६४ निको भए

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर १२ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १०६४ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । 

बिहीबारसम्म देशभर सक्रिय संक्रमितकाे संखेया १२ हजार तीन सय ८६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । यसमध्ये दुई लाख ३१ हजार ६ सय एक संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार