महासंघमा वैदेशिक रोजगार फोरम स्थापना गरिने

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघभित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताएका हुन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् । 

महासंघभित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने बताए । 

देशमा रेमिट्यान्स भित्र्याई अर्थतन्त्रलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफूले महासंघबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफू विगतदेखि नै लागिपरेको बताए । 

देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरूका समस्या समाधान गर्ने विषयमा सधैँ पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताए । 

अब पनि महासंघमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने बताए ।

सुझावित समाचार