पछिल्लो २४ घन्टा कोरोना संक्रमणबाट १४ को निधन

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टा थप १४ जना कोरोना संक्रमितको निधन भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १६ सय ५१ पुगेको छ।

अवधिमा देशभर ६ हजार दुई सय ८६ जनाको नमुना परीक्षण गर्दा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १४ सय ८३ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै निको हुने संक्रमितको संख्या दुई लाख ३० हजार पाँच सय ३७ पुगेको छ।

हाल देशभर १२ हजार दुई सय ४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार नेपालमा संक्रमण निको हुने दर ९३.३ प्रतिशत पुगेको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार