काेराेना मिटर : देशभर १४८३ जना कोरोनामुक्त, १०५६ संक्रमित थपिए

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर ६ हजार दुई सय ८६ जनाको नमुना परीक्षण गर्दा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १४ सय ८३ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । 

हाल देशभर १२ हजार दुई सय ४५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमितमध्ये गम्भीर अवस्थाका तीन सय ३० जनाको आइसियू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

देशभर संक्रमित निको हुने दर ९३.३ प्रतिशत पुगेको गौतमले बताए ।

सुझावित समाचार