फाइजरद्वारा भारतमा पनि कोभिड– १९ को खोप प्रयोगका लागि अनुमति माग

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

औषधि उत्पादक कम्पनी फाइजरको भारतस्थित शाखाले आपतकालीन अवस्थामा कोभिड– १९ विरुद्धको खोप फाइजरकाे प्रयोगका लागि भारतमा पनि आवेदन दिएको छ । कम्पनीले भारतीय औषधि महानियन्त्रक (डिसिजिआई) समक्ष औपचारिक प्रयोगका लागि अनुमति मागेको हो । यसअघि कोभिड– १९ विरुद्धको भ्याक्सिन फाइजरले बेलायत र बहराइनमा प्रयोगको अनुमति पाइसकेको छ ।

कम्पनीले दर्ता गरेको निवेदनमा औषधि आयात र वितरणको समेत माग गरेको स्रोतको भनाइ छ । साथै औषधि तथा खोप कानुनअनुसार भारतमा क्लिनिकल परीक्षणका लागि समेत अनुमति मागेको जनाइएको छ । समाचार स्रोतको भनाइ छ, ‘फाइजर इन्डियाले कोभिड– १९ को भ्याक्सिन आपतकालीन प्रयोगका लागि ४ डिसेम्बरमा डिजिसिआईसमक्ष अनुमति मागेको छ ।’ 

गत बुधबार बेलायतले अस्थायी रूपमा फाइजरको भ्याक्सिन प्रयोगको अनुमति दिएको थियो । त्यसपछि शुक्रबार बहराइनले पनि अनुमति दिएको थियो । यही क्रममा औषधि निर्माण कम्पनी फाइजर र जर्मन सहयोगी संस्था बायोएनटेकले ४ डिसेम्बरमा भारतमा पनि अनुमतिका लागि निवेदन दिएको हो । कम्पनीले सबैभन्दा पहिला अमेरिकामा अनुमतिका लागि निवेदन दिएको थियो ।  
 

सुझावित समाचार