कोरोना मिटर : २२०६ संक्रमित निको हुँदा १०२४ थपिए, १० जनाको निधन

शनिबार, २० मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४ जनामा कोरोना संक्रमण देखिएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३९ हजार आठ सय ८५ पुगेको छ । 
शनिबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार दुई सय ५५ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ६ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको जम्मा संख्या दुई लाख २४ हजार ५३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय ७७ पुगेको छ।

सुझावित समाचार