कोरोना मिटर : १५ सय ७५ निको हुँदा १२ सय ७२ संक्रमित थपिए

शुक्रबार, १९ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ । 

मन्त्रालयका अनुसार यो अवधिमा काठमाडौं उपत्यकामा थप ६ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार चार सय ४७ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै निको हुने संक्रमितको संख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ।

सुझावित समाचार