कोरोना मिटर : २४ घन्टामा २१ सय ११ निको भए, १३ सय ४३ संक्रमित थपिए

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ । 

आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार सात सय ६६ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २१ सय ११ जना संक्रमित संक्रमणमुक्त भएका छन्। 

योसँगै निको हुनेको संख्या दुई लाख २० हजार दुई सय ७२ पुगेको छ।

सुझावित समाचार