नेपालमा कोरोना संक्रमणबाट निधन हुने संख्या १५ सय नाघ्याे

सोमबार, १५ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ जनाको निधन भएकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय आठ पुगेको हो।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ । 

याे अवधिमा १९ सय ३१ जना संक्रमित निकाे भएका छन् । याे संख्यासहित निकाे हुनेकाे संख्या दुई लाख १४ हजार पाँच सय २१ पुगेकाे छ । 

अहिले संक्रिय संक्रमितको संख्या १७ हजार चार सय २३ रहेको छ । 

सुझावित समाचार