कोरोना मिटर : १७०३ जनामा कोरोना पुष्टि, १२ सय ३६ संक्रमणमुक्त

शुक्रबार, १२ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो अवधिमा देशभर थप एक हजार सात तीनजनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । 

अहिलेसम्म देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार दुई सय ३७ रहेको मन्त्रालयले जनाएको छ । 

त्यस्तै आज थप एक हजार दुई सय ३६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको मन्त्रालयले जनाएको छ।
 

सुझावित समाचार