धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

सोमबार, ८ मंसिर, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप दुई संक्रमितको मृत्यु भएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या एक सय ११ पुगेको छ । 

मोरङको सुन्दरहरैँचाका ६७ वर्षीय पुरुष र इलाम नगरपालिका– १ का २५ वर्षीय युवकको मृत्यु भएको हो ।  प्रतिष्ठानको सूचना शाखाले दिएको जानकारीअनुसार ६७ वर्षीय पुरुषको आज (सोमबार) बिहान ६ः४० मा मृत्यु भएको थियो । मधुमेहको समस्या भएको  उनलाई यही मंसिर  १ गत प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो । गत कात्तिक २६ गते उनलाई कोरोना पुष्टि भएको थियो । 

२५ वर्षीय युवकलाई यही मंसिर ५ गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना गरिएको थियो । क्यान्सरका बिरामी उनको आइतबार राति ९ः३० बजे उपचारको क्रममा ज्यान गएको प्रतिष्ठानले  जनाएको छ । 

सुझावित समाचार