पछिल्लो २४ घन्टामा देशभर थप १७ जना कोरोना संक्रमितको निधन भएको छ ।
योसमेत गरी बिहीबारसम्म निधन हुनेको संख्या १२ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर बिहीबार दुई हजार एक सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा दुई हजार आठ सय ५८ जना कोरोनामुक्त भएका छन्।