कोरोनाबाट थप नौजनाको निधन

सोमबार, १ मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप नौजना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत सोमबारसम्म निधन हुनेको संख्या १२ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर साेमबार ११ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । याे अवधिमा संक्रमणमुक्त भएर २९ सय ३४ जना डिस्चार्ज भएका छन् । 

हाल देशभर सक्रिय संक्रमित ३३ हजार तीन सय ७९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार