कोरोना संक्रमणबाट हालसम्म दुई सय ९३ जनाको निधन भएको छ । पछिल्लो साता आठजना गैरआवासीय नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ
यी सबै आठजना भारतको महाराष्ट्र र चेन्नईमा रहेका गैरआवासीय नेपाली भएको संघले जनाएको छ ।
संघले हालसम्म विश्वका विभिन्न ४४ देशमा रहेको झन्डै ४५ हजार पाँच सयजना नेपाली कोरोनाबाट संक्रमित भएको जनाएको छ ।
हालसम्म संयुक्त अधिराज्य बेलायत, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।